ADVERTISING

Breaking News

काभा महिला भलिबल: लगातार दोस्रो जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित हात पार्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको हो । बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८ र २५–९ ले हराएको हो । जितसँगै समूह ’ए’ को नेपालले ६ अंक जोडेको छ । समान ६ अंक नै भएको भारत पनि यस समूहबाट सेमिफाइनल प्रवेश गरेको छ । दुई खेलमा जितबिहिन बंगलादेश र किर्गिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । ेपालले तेस्रो खेलमा बुधबार भारतको सामना गर्नेछ । भारत र नेपालको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिता अन्तर्गत नै आज नै भएका खेलमा भारत र काजकिस्तानले जित निकालेका छन् । भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । भारतले किर्गिस्तानलाई २५–१७,२५–८ र २५–८ ले हराएको हो । दोस्रो खेलमा किर्गिस्तानले श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो । काजकिस्तानले श्रीलंकालाई २५–१६, २८–२६, २५–१८ र २९–२७ ले हराएको हो । जारी प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह ’ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ’बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

leave a reply