ADVERTISING

Breaking News

आजबाट एमडीएमएसमा दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौ । सरकारले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ लागू गरेको छ । यसअघि गत पुस १५ गतेदेखि नेपाल दुरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्न एमडिएमएस लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले सो सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र विदेशमा बस्ने नेपालीको विरोधमा तत्कालका लागि रोकिएको थियो । अहिले वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन गरि नियम संसोधन गरेर यसलाई पुन कार्यान्वयनमा ल्याइएको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भन्सार विभागले जनाएको छ । अव श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने छन । अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् । यस्तो फोन फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किंदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ । यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

leave a reply