ADVERTISING

Breaking News

हिंसा दिवस लाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको भन्दै ओलीको आपत्ति

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन । आज काठमाडौंमा आयोजित साक्षात्कारमा उनल सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताएका हुन । अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत भइ मिटरब्याज कारोबारमा फस्नु नहुने बताए ।
अध्यक्ष ओलीले फागुन एक गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको भन्दै आपत्ति जनाए । उनले फागुन एकको विदा बार्षिक विदामा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी समेत दिए ।
माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले जनयुद्ध दिवस मनाउने निर्णय मन्त्रिपरिषद्‍बाट पारित गरी सरकारको बार्षिक क्यालेन्डरमा समेटेकोप्रति ओलीको आक्रोश थियो ।

leave a reply