ADVERTISING

Breaking News

मिटरब्याज पीडितले राखे सरकार समक्ष नौ बुँदे माग, जफत भएको जमिन र मुद्दा फिर्ता हुनुपर्ने अडान

काठमाडौ । मिटरब्याज पीडितले आफ्नो नौ बुँदे माग सरकार समक्ष राखेका छन । आज सिंहदरबारमा भएको पहिलो चरणको वार्तामा पीडितले नौ बुँदे माग अघि सारेका हुन । समितिले जफत भएको जमिन फिर्ता गरिनुपर्ने, मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुपर्ने, सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्ने लगायतका माग सरकारी वार्ता टोली समक्ष राखेको छ । जफत भएको जमिन फिर्ता र मुद्दा लागेका पीडितको मुद्दा खारेज हुनुका साथै सबै समस्या समाधान गर्ने आयोग गठन गर्नुपर्ने अडान वार्तामा पीडितले राखेका छन ।
पीडितका मागका विषयमा छलफल गर्न वार्ता टोलीले समय माग गरेकाले साँझ छ बजे पुन छलफल गर्ने गरि पहिलो चरणको वार्ता टुंगिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा दुवै पक्षले आआफ्नो धारणा राखेको र साँझ विस्तृतमा छलफल हुने मन्त्रालयले जनाएको छ । सरकारी वार्ता टोलीले पीडितहरूको मुद्दामा पूर्ण संवेदनशील रहेको र पीडितहरूलाई न्याय प्रदान गर्न कानुनी, नीतिगत तथा व्यावहारिक सबै उपायको खोजी गर्न तत्पर रहेको प्रतिबद्धता पनि जनाएको छ । सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर व्याजीलाई कारवाही र पीडितलाई क्षतिपुर्ति दिनेगरी कानुन बनाउने निर्णय भने गरिसकेको छ । मिटरब्याज पीडितहरु एघार दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका हुन । उनीहरु काठमाडौं आएको तीन दिनपछि सरकारले वार्ताको पहल थालेको हो । पीडितहरुले न्याय नपाएसम्म घर नफर्कने अडानमा छन् ।

leave a reply