ADVERTISING

Breaking News

व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता हुँदैन: लिङदेन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का अध्यक्ष राजेन्द्र लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन । आज काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका क्रममा उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको बताएका हुन । अध्यक्ष लिङदेनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए ।
अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प न्रहेको पनि स्पष्ट पारे । उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिनेकुरा सह्य नहुने चेतावनी दिए ।

leave a reply