काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिला गर्नु नहुने बताएका छन । काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले मिटरब्याजी पीडितहरुले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न चाहेकाले १३ दिन लगाएर तराईबाट हिँड्दै आएका नागरिकलाई अविलम्व भेट गर्न आग्रह गरेका हुन । महामन्त्री शर्माले पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरुको मुद्दा सम्बोधनको प्रक्रिया शुरु हुनु रहेको समेत बताए ।
महामन्त्री शर्माले मिटरब्याजी पीडितहरुले उठाएका मुद्दाहरुको सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न र संसदमा छिटो भन्दा छिटो कानूनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।।
मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिला गर्नुहुँदैन: कांग्रेस महामन्त्री शर्मा
