ADVERTISING

Breaking News

चैत तेस्रो साता देखि काठमाडौमा पुष्प मेला हुने

काठमाडौ । पुष्प व्यवसायी संघ नेपालले चैत तेस्रो साता २४ औं पुष्प मेला गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले चैत १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला गर्न लागेको जानकारी दिएको हो । पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको संघले जनाएको छ । प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने संघको तयारी छ ।
मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा,कट फ्लावर,सुनाखरी,कम्पोष्ट मल,फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिने बताइएको छ । प्रदर्शनीमा भारत,युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूल समेत राखिने छ । प्रदर्शनीमा बैसठ्ठी वटा व्यवसायिक स्टल,ल्याण्डस्केपिङ तीन वटा,अफिसियल स्टल दश, प्रतियोगिता प्रदर्शनी तीन र दुई वटा फुड स्टलसहति असी स्टल रहने आयोजकको भनाइ छ ।

leave a reply