ADVERTISING

Breaking News

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौ् : जनता समाजवादी पार्टी नेपाल जसपाले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएको हो ।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ ।

यसैबीच जनता समाजवादी पार्टीले आफ्नो विधान मस्यौदा तयार गरेको छ । गत पुस १८ र १९ गते बसेको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो ।

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय सङ्गठनका सदस्यलाई समेत आवश्यक सुझावका लागि पठाइएको छ ।

leave a reply