ADVERTISING

Breaking News

उपनिर्वाचनका लागि निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ एकमा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन दुई र तनहुँ एक सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो ।

उपराष्ट्रपतिको निर्वाचनमा चार जना उम्मेदवार रहेकोमा एक एक जना राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य छन । दुई जना उम्मेदवार संसद्को निर्वाचित पदमा छैनन् ।

आयोगले उपराष्ट्रपतिको निर्वाचनबाट प्रतिनिधि सभा क्षेत्र रिक्त हुने अवस्था आए आगामी २०८० साल वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ । सो व्यवस्थाबमोजिम आयोगले माघ २९ गते चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो ।

leave a reply