ADVERTISING

Breaking News

पीएनजी ९५ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको पीएनजी ३२ ओभरमा ९५ रनमै समेटियो ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडनसहित २५ रन खर्चिए । सन्दीपले एकदिवसीय क्रिकेटमा तेस्रो पटक एकै खेलमा पाँच विकेट लिएका हुन् ।

ललितनारायण राजवंशी र कुशल मल्लले समान दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

पीएनजीका कप्तान असद भालाले २० रन बनाए । सेसे बाउले १८, चार्ल्स एमिनीले १६ र हिरी हिरीले १४ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

leave a reply