काठमाडौं : नेपालमा पहिलो पटक सुविधा सम्पन्न सुनचाँदी गरगहना बनाउने तालिम केन्द्र सञ्चालनमा आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्र र काठमाडौं सुनचाँदी व्यवसायी संघको संयुक्त पहलमा तालिम केन्द्रको संचालन गरिएको हो ।
काठमाडौंको कुसुमबियालाछीमा रहेको तालिम केन्द्र भवनको नेपाल भाषा मंकाः खलः का अध्यक्ष तथा जनकवी दुर्गालाल श्रेष्ठले उद्घाटन गरेका छन् ।
काठमाडौं महानगरपालिकाको समेत सहयोगमा निर्माण भएको तालिम केन्द्रले नेपालको मौलिक गहना कलाको सिपको दक्षतालाई बढाउन सहयोग पुग्ने बागमती प्रदेश सभाका सदस्य हरिप्रभा खड्कीले बताइन् ।
१ करोड २६ लाखको लागत निर्माण भएको तालिम केन्दले्र नेपालको सुनचाँदी तथा रत्न पत्थरको अध्ययन र सीप विकासमा महत्वपूर्ण योगदान दिने नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताए ।
नेपाल सरकार सिटिभीटीबाट समेत मान्यता प्राप्त तालिम केन्द्रमा अध्ययनको लागि अन्र्तराष्ट्रियस्तरको ल्याव तथा औजार, उपकरणहरुको व्यवस्था गरिएको छ ।