ADVERTISING

Breaking News

राष्ट्रपति निर्वाचन : मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज अन्तिम दिन

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक भएको मतदाता नामावलीमा दाबी विरोधको उजुरी दिने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि बुधबार मतादाता नामावली सार्वजनिक गरेको थियो ।

आयोगले जारी गरेको मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय बिहीबार मध्याह्न १२ बजेसम्म छ ।

प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन् ।

यस्तै नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

सो समयमा उजुरी आएमा त्यस उपर छानबिन गरी आयोगले फागुन १२ गते अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

नेपालको तेस्रो राष्ट्रपतिका लगि फागुन १३ गते मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा तथा ७ वटै प्रदेशसभाका सदस्य मतदाता हुन्छन ।

राष्ट्रपति निर्वाचनका लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको मतादाता नामावलीमा संघीय संसद्का ३ जना सांसद बाहेकको नाम छ ।

राष्ट्रपति निर्वाचनका लागि संघका का ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० गरी कूल ८ सय ८१ जना मतदाता रहने छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका ३ सदस्यको नाम नामावलीमा छैन । प्रतिनिधि सभाका तत्कालीन सदस्य रवि लामिछाने नागरिकता विवादको मुद्दामा दोषी ठहर भइ सांसद पदबाट पदमुक्त भइसकेका छन् ।

त्यस्तै नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नागरिक उन्मुक्तिका सांसद् लक्ष्मण चौधरी निलम्बनमा परेकाले मतदाता नामावलीमा नरहेका हुन् ।

leave a reply