ADVERTISING

Breaking News

टर्की र सिरियामा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार नाघ्यो

काठमाडौः काठमाडौः टर्की र उत्तरी सिरियामा सोमबारको भुकम्पमा मृत्यु हुनेहरूको संख्या करिब ८ हजार पुगेको छ । उद्धारकर्मीहरू तीव्र रूपमा जीवित मानिसहरूको खोजीमा जुटेका छन् ।

टर्कीमा छ हजार र सिरियामा कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । दुबै देशमा मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ । दुवै देशमा गरेर २५ हजार जना भन्दा धेरै घाइते भएका छन् ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका छन । दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका छन ।

विश्व स्वास्थ्य संगठनले दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको जानकारी दिएको छ । टर्कीमा उद्दार र राहतको लागि संसारभरका कयौँ देशले सामग्रीसहित जनशक्ति पठाएका छन् । हराइरहेका मान्छे खोज्ने कुकुर र अत्याधुनिक उपकरणसहितका विमान टर्की पुगेका छन ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् । अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको बताइएको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न कठिन भएको छ ।

अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ग्रिस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् । टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच, टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् । धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ ।

आगो निभाउन दर्जनौँ हेलिकप्टर र जहाजको पनि प्रयोग भइरहेको गरिएका छन् । राष्ट्रपतिले यो भीषण आगलागीलाई विपद् माथिको विपद् भनेका छन् ।

leave a reply