ADVERTISING

Breaking News

सिरहा भन्सारद्वारा ६ महिनामा लक्ष्यको ३० प्रतिशत मात्रै राजस्व संकलन

सिरहा : सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा लक्ष्यको ३० प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

आर्थिक मन्दी, सरकारले सामान आयातमा लगाएको प्रतिबन्ध लगायतका कारण राजस्व संकलन प्रभावित भएको हो ।

चालु आर्थिक बर्षको साउनदेखि पुससम्ममा ९ करोड ७२ लाख ९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ करोड एक लाख ६ हजार मात्रै उठेको हो ।

सिरहा भन्सारले चालु आवमा १९ करोड ९५ लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य छ । तर हालसम्म वार्षिक लक्ष्यको १५ प्रतिशत राजस्व संकलन भएको छ ।

कार्यालयले गत आव २०७८/०७९ मा वार्षिक लक्ष्यको ४८ प्रतिशत र आव २०७७/०७८ मा लक्ष्यको एक सय आठ प्रतिशत राजस्व संकलन गरेको थियो ।

leave a reply