ADVERTISING

Breaking News

राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभामा रहेका दलहरुसँग छलफलपछि आवश्यक निर्णय गर्ने सहमति गरेको हो ।

प्रधानमन्त्री दाहालले राष्ट्रपति उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेकाले वार्ताका लागि बोलाए आफुहरु तयार नै रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री दाहालले सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रस्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि सकारात्मक देखिएको हो ।

कांग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको कांग्रेस नेताहरुको भनाइ छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरुसँग छलफल भैरहेको पनि कांग्रेस नेताहरुले बताएका छन् ।

केन्द्रीय समिति बैठक भने संसदमा व्यस्त हुनुपर्ने कारणले केही पछि सरेको नेताहरुले बताएका छन् ।

leave a reply