ADVERTISING

Breaking News

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ वटा घर जलेर नष्ट

दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ ।

आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी, कमला खाती, राम बहादुर थामीको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

बुधबार राति ११ बजेदेखि लागेको आगो बिहीबार बिहान नियन्त्रणमा आएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिए ।

रुद्र बहादुर ओलीको घरबाट आगलागी शुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएपनि आगलागीको एकिन कारण खुल्न सकेको छैन ।

आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् ।

leave a reply