ADVERTISING

Breaking News

प्रतिनिधि सभाको बैठक आज बस्दै, चितवन दुईमा प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी गराउने

काठमाडौः प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छन ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने, सभामुखले संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को एक बमोजिम गराउने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि एक सिट रिक्त रहेको कुरा बैठकमा जानकारी गराइने छ । यसअघि १० गतेको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।

leave a reply