काठमाडौः आजका लागि बोलाइएको सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । आवश्यक तयारी पूरा नभएको भन्दै माओवादीले बैठक स्थगित गरेको हो । विशेष गरि कार्यविभाजनमा सहमति जुटन बाँकी रहेको बताइएको छ । बैठक भोली बस्ने बताइएको छ । बैठकवाट नेताको कार्य विभाजन टुंग्याउने तयारी छ ।
त्यस्तै माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी विभागलाई पुर्णता दिने तयारी पनि गरेको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई विभिन्न विभागको जिम्मेवारी दिन लागेको हो ।
महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गरिए पनि नेताको जिम्मेवारी बाँडफाँट भएको थिएन ।नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न माओवादीले महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको छ । बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
हिजो बसेको पदाधिकारी बैठकले सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतको पुर्ण पाठ नआएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने निस्कर्ष निकालेको थियो ।