ADVERTISING

Breaking News

सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिइनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवर्द्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

आज नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार माध्यमको व्यवसायिक र संस्थागत विकासमा सरकारले सघाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री दाहालले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने बताइन् ।

सञ्चारमन्त्री शर्माले गणतन्त्रको संवद्र्धन, राष्ट्रिय हितको प्रवद्र्धन र सामाजिक न्यायको विषयलाई आत्मसाथ गर्दै प्रशारणको विषयवस्तु बनाउनुपर्नेमा जोड दिइन् ।

leave a reply