ADVERTISING

Breaking News

प्रधानमन्त्रीलाई रविले भने- गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिन्छौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्रीबाट राजीनामा दिएका लामिछाने पुनः सोही पदमा फर्कन पहल गरिरहेका छन् ।

नागरिकता मुद्दा हारेपछि रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद गुमेको थियो । अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।

भेटमा प्रधानमन्त्री दाहालले भने सत्ता साझेदार दलसँग परामर्श गरेर आवश्यक निर्णय गर्ने बताएका छन् ।

बदलिएको परिस्थितिमा गृह मन्त्रालय रास्वपालाई नछाड्न प्रधानमन्त्री दाहाललाई माओवादी नेताहरूको दबाब छ ।

leave a reply