ADVERTISING

Breaking News

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै हेल्पिङ ह्याड्स अस्पतालमा प्रदर्शन

काठमाडौं : चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याड्स अस्पतालमा आफन्तले प्रदर्शन गरेका छन् ।

काठमाडौँको गौशालामा आईतबार दिउसो बसको ठक्करबाट घाइते भएकी गोरखाकी २२ वषर्की रोशनी मगरको अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि आफन्तले आज प्रदर्शन गरेका हुन् ।

सवारी दुर्घटनामा खुट्टा भाँचिएकी मगरको उपचारका लापरबाही हुँदा मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् । अस्पतालले भने घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

दुर्घटनामा घाइते मगरको गएराति उपचारको क्रममा मृत्यु भएको थियो । उनी सवार प्रदेश ३–०१–००६ ख ११०९ नम्बरको बसले बा ९२ प ६४२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । मगर स्कुटरको पछाडि बसेकी थिइन् ।

leave a reply