ADVERTISING

Breaking News

गृह मन्त्रालयमा रास्वपाकै दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ।  आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो । यद्यपि, बैठकले लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिसकेको छैन ।

आजै लामिछानले नागरिकता पाएसँगै पार्टीसभापतिमा पुनर्बहाली गरेका थिए । तर उनको सांसद पद गएपछि दलको नेतामा भने डोलप्रसाद अर्याल छन् ।

leave a reply