काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छानविनमा परेको नेपाली राहदानी राहदानी विभागमा बुझाएका छन् । आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर लामिछानेले सो पासपोर्ट फिर्ता गरेका हुन । कानुनमा कुनै पनि व्यक्तिले आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने अवस्थामा विभागमा फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार लामिछानेले राहदानी फिर्ता गरेका हुन् । उनले २०७० सालमा अमेरिकी नागरिकता लिएका थिए । उनले अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको थियो । तर, लामिछानेले निष्क्रिय भइसकेको नेपाली नागरिकताका आधारमा त्यसको एक वर्षपछि नेपाली राहदानी लिएका बताइएको छ ।
रवि लामिछानेले फिर्ता गरे राहदानी
