काठमाडौँ । उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समिति लगायत विभिन्न संगठनहरुले आइतबार काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । माइतघरमा जम्मा भएर महानगरपालिकाले सडक विस्तारका नाममा गैरकानुनी ज्यादती गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।