ADVERTISING

Breaking News

पाकिस्तानमा बस पुलबाट खस्दा ४० जनाको मृत्यु

एजेन्सी : पाकिस्तानमा आज बिहान बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

दक्षिणपश्चिम पाकिस्तानस्थित बलुचिस्तान पान्तको लसलेवा जिल्लामा बस पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

४८ जना यात्रु सवार बसमा रहेका तीनजनालाई जीवितै उद्धार गरिएको छ । १५ जनाको जलेर ज्यान गएको छ ।

लसबेला नजिकै घुम्तिमा बसले नियन्त्रण गुमाएर पुलको पिल्लर भत्काउदै नदिमा खसेको बताइएको छ ।

पाकिस्तानमा राजमार्गहरू ढिलो सुरक्षा उपाय र चालकको लापरबाहीले सडक दुर्घटनाहरू हुने गरेका छन् ।

यात्रु बसहरूको क्षमता भन्दा यात्रु सवार र सिट बेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको संख्या सामान्य छ ।

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

leave a reply