ADVERTISING

Breaking News

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको थियो।

बुधबारको इजलासमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुनिल पोखरेल र सुशील पन्तले बहस गरेका थिए भने सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मीले पनि बहस गरे। यसअघि रिट निवेदकका वकिलहरूले बहस गरेका थिए।

रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन्।

शुक्रबारको सुनुवाइमा जवाफी बहस सकिने बताइएको छ।

leave a reply