ADVERTISING

Breaking News

खानेपानी मन्त्रीद्धारा एक सातापछि पदभार ग्रहण

काठमाडौ । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका मन्त्री अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन । गठबन्धनले जनमतका माग सम्बोधन गर्ने आश्वासन दिएकाले उनले आज मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन ।  जिम्मेवारी पाएको एक सातापछि आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परिक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने बताए ।  मन्त्री  खानले खानेपानी सम्बन्धी समस्या कार्ययोजना बनाएर समाधान गर्ने बताए। मन्त्री खानले नीतिगत देखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए ।
पदभार ग्रहण गर्दै मन्त्री खानले सवैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाए ।
पुष ११ गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहालले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए । पूर्वसहमति अनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उहाले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न अस्वीकार गरेका थिए । गठबन्धनमा सहमति जुटेपछि खानले आज पदभार ग्रहण गरेका हुन ।

प्रधानमन्त्री दाहालसँगै मन्त्रीको सपथ लिएका खानले मन्त्रालय चित्त नबुझेको भन्दै जिम्मेबारी सम्हालेका थिएनन ।।

leave a reply