ADVERTISING

Breaking News

धरासयी भएको भन्दै अटो व्यवसायीद्धारा महानगरको ध्यानाकर्षण

काठमाडौ । अटो व्यवसायीहरुले ट्राफिक प्रहरीका कारण आफ्नो व्यवसायी धरासयी भएको भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । कुलेश्वर क्षेत्रमा आफ्नो पसल अगाडी सवारी साधन रोक्न नदिएको र जसका कारण आफ्नो व्यवसाय नै धरासयी भएको भन्दै कुलेश्वर अटो व्यवसाय संघले विरोध प्रदर्शन सहित महानगरको ध्यानाकर्षण गराएको हो । केहिदिन देखि आफ्नो व्यवसाय अगाडीको क्षेत्रमा ट्राफिक प्रहरीले हस्तक्षेप गरेको कारण बाध्य भएर प्रदर्शन गर्नुपरेको व्यवसायीको भनाइ छ ।

महानगरले भने केहिदिन भित्र यस बिषयमा सुनुवाई गर्ने आश्वास दिएको छ । व्यवसायीले महानगरले गर्नुपर्ने काम ट्राफिक प्रहरीले गरेको र ट्राफिक प्रहरीले गर्नुपर्ने काम महानगरले गरेकाले ध्यानाकर्षण गराइएको बताएका छन ।

leave a reply