ADVERTISING

Breaking News

सांसदले आफ्नो गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छ: सभामुख घिमिर

काठमाडौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्ने बताएका छन । संसद हिजोको तुलनामा अलि फरक देखिए पनि आधारभुत रुपबाट खासै फरक नभएकाले सभामुखको भूमिका नेतृत्वदायी हुनुपर्ने उनको भनाइ छ । निर्वाचित सांसदहरुले पनि हामी कुन ठाउँमा छौँ ? हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? भन्ने बुझेर कदम चाल्नुपर्ने सभामुख घिमिरेले उल्लेख गरे ।
सभामुख घिमिरेले संसदको स्वरुप सरकारमा देखिनु स्वभाविक भएपनि त्यसको निकास सहि ढंगले दिनुपर्ने उल्लेख गरे । राम्रो वातावरण बनाएर संसदलाई प्रभावकारी पार्ने कुरामा म लाग्ने प्रतिबद्धता जनाउदै उनले जिम्मेवारीपूर्वक नै आइपरेका चुनौतिहरुलाई समाधान गर्नसक्ने विश्वास समेत व्यक्त गरे । आफ्नो भुमिका कुनै दलगत नभइ सभामुखको रुपमा रहने उनको प्रद्धिबद्धता छ ।

leave a reply