ADVERTISING

Breaking News

बाजुराको बिच्छ्यामा भुकम्पका क्षति बिवरण संकलनमा कठिनाई

राहत र उद्दारको लागि भुकम्प पीडितको अपिल

काठमडौ । मंगलबारको भुकम्पको केन्द्रबिन्दु रहेको बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याको क्षतिको बिवरण संकलनमा कठिनाई भएको छ । बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प भएको थियो । बाजुराको सबैभन्दा दुग्रम क्षेत्रको रुपमा रहेको बिच्छ्यामा के कति क्षति भयो भन्ने विवरण संकलन हुन नसकेको हो । बिच्छया क्षेत्रमा हिमपात भइरहेका कारण पनि सो क्षेत्रमा राहत तथा उद्धारमा कठिनाइ भइरहेको हिमाली गाउँपालिकाले जनाएको छ । भुकम्प पीडितले भने राहत र उद्दारको लागि अपिल गरेका छन ।
जिल्लाभर हिमपात र पानी परिरहेको कारण राहत तथा उद्धारमा समस्या भइरहेको छ । हिमाली गाउँपालिकाले सबै वडाध्यक्षहरुसँग जानकारी मागेको छ । बिच्छ्यामा प्रहरीको टोली पठाइएको भएपनि उनीहरुसँग सम्पर्क हुन नसकेको बाजुराका प्रमुख प्रहरी नायव उपक्षिक सुर्य थापाले बताए । भुकम्पले प्रहरी चौकीमा पनि क्षति पुगेको बताइएको छ । एकजना घाइते बालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । भुकम्पमा परेर गौमुल गाउँपालिका–२ की यमुना रोकायाको मृत्यु भएको छ । भूकम्पका कारण भीरबाट खसेका ढुंगा लागेर करिव ५० वटा भेडा मरेका छन । भूकम्पबाट बाजुरामा मात्रै कम्तीमा २५ घरमा क्षति पुगेको बताइएको छ ।

leave a reply