ADVERTISING

Breaking News

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो प्रमुख लक्ष्य : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन् ।

आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताएका हुन् ।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए ।

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पुर्‍याउनु आफ्नो पहिलो काम भएको बताए ।

leave a reply