ADVERTISING

Breaking News

कर्जाको ब्याजदर नियन्त्रणको पहल भइरहेको छ: अर्थमन्त्री पौडेल

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आज ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा उनले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको भन्दै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल गर्ने बताएका हुन । मन्त्री पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने तर अहिले देखिएका समस्या समाधानका लागि आवश्यक छलफल गरेर अघि बढ्ने स्पष्ट पारे ।

अर्थमन्त्री पौडेलले राजस्व बुझाउन व्यवसायीहरुलाई आग्रह गरे । उनले राजस्व कम उठेकाले मुलुक पनि आर्थिक रुपमा अफ्ठ्यारो अवस्थामा रहेको बताएका हुन । राजस्व उठाउने क्रममा कसैले असहयोग गरे आफूलाई जानकारी दिनसमेत अर्थमन्त्री पौडेलले कर्मचारीहरुलाई निर्देशन दिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साना, घरेलु तथा मझौला उद्योगलाई विकास गर्न सरकारले सहजिकरण गर्नुपर्ने बताए ।

उपाध्यक्ष पौडेलले सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको बिकासका लागि बैंकहरुसंग सहकार्य गरिरहेको उल्लेख गरे ।।

leave a reply