काठमाडौं : नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।