ADVERTISING

Breaking News

बजेट कार्यान्वयनमा कर्णाली प्रदेशको अवस्था कमजोर

काठमाडौं : बजेट कार्यान्वयनमा विगतदेखि नै कमजोर रहेको कर्णाली प्रदेश सरकारले अझै पनि यो अवस्था सुधार गर्न सकेको देखिएको छैन ।

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो छ महिनामा नौ दशमलब ०८ प्रतिशत मात्र विकास बजेट खर्च गरेको पाइएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म समग्रमा १३ दशमलव ०४ प्रतिशत बजेट खर्च गरेको प्रदेशले चालूतर्फ भने १८ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रुपियाँ बराबरको बजेट ल्याएको थियो । त्यसमध्ये चार अर्ब २५ करोड ४१ लाख ५५ हजार १ सय ३३ रुपियाँ खर्च गरेको हो ।

चालूतर्फ १३ अर्ब १६ लाख ५२ हजार ३८ हजार रुपियाँमध्ये दुई अर्ब ४८ करोड ७९ लाख ४२ हजार ४ सय ४६ रुपियाँ खर्च भएको छ ।

पुँजीगततर्फ १९ अर्ब ४५ करोड नौ लाख २४ हजार रुपियाँ बजेटमध्ये एक अर्ब ७६ करोड ६२ लाख १२ हजार ६८८ रुपियाँ मात्रै खर्च भएको छ ।

कर्णाली प्रदेश सरकार स्थापना कालदेखि नै बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको छ ।

सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबैभन्दा धेरै ११ दशमलव ४८ प्रतिशत बजेट खर्च गरेको छ ।

leave a reply