काठमाडाै । राष्ट्र बैंकबाट ‘भुक्तानी सेवा प्रदायक’को इजाजत प्राप्त अनालाइन बित्तिय कारोबार गर्ने संस्था डिजी पे प्रा.लि. र 21st टेक प्रा.लि. बीच विशेष सम्झौता भएको छ । बजार र सेवा विस्तार गर्ने विशेष योजना सहित दुइ कम्पनी बिच सहकार्य गर्ने सम्झौता भएकाे हाे ।सम्झौतापत्रमा 21st टेक प्रा.लि. का प्रमुख कार्यकारी अध्यक्ष निलिमा दाहाल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन्।
यस सहकार्य अन्तर्गत डिजी पे मा आबद्ध सम्पूर्ण व्यावसायीहरुले डिजिटल मार्केटिंग द्वारा आफ्नो बजार विस्तार गर्न सक्नेछन् । 21st टेक प्रा लि को सौजन्य ३० हजार पर्ने प्रिमियम प्याकेज मात्र १५ हजारमा प्राप्त हुनेछ भने वेबसाइट, एप तथा अन्य विभिन्न सेवाहरुमा ५०% सम्मको छुट दिइएकाे छ ।
21st टेक का प्रमुख दाहालका अनुसार यस सहकार्यले सबै डिजी पे मा आबद्ध व्यावसायिले आफ्नो सेवा तथा सामानको जानकारी सहित व्यावसायिक लाभ लिने अवसर मिल्नेछ । उनले स्थानीय स्तरमा प्रत्यक्ष बजार सेवा विस्तार गर्न सहकार्य उपलब्धिमुलक हुने बताइन्।
।
त्यस्तै डिजी पे का अध्यक्ष पाण्डेले सहकार्य मार्फत आफ्ना व्यवसायीलाई विशेष अफर दिन पाउनु महत्वपूर्ण विषय भएको बताए। आफ्नै इकोसिस्टम बनाउने योजना रहेको डिजिटल मार्केटिंग क्षेत्रलाई पनि आबद्ध गर्नसक्नु विशेष उपलब्धि भएको भन्दै पाण्डेले सहकार्यलाई फराकिलो बनाउदै सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधाहरु दिने योजना रहेको पनि बताए ।