ADVERTISING

Breaking News

स्वास्थ्यकर्मीहरुको पर्याप्त दरबन्दी नहुँदा विरामी मारमा

काठमाडौ । कान्ती बाल अस्पतालमा स्वास्थ्यकर्मीहरुको पर्याप्त दरबन्दी नहुँदा विरामी उपचार सेवावाट बन्चित भएका छन । अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापनले दरबन्दी अभावले विरामीलाई औषधि उपचार सेवा दिन नसकेको जनाएको हो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले दरबन्दीसँगै ५ सय बेडको स्वीकृतिको लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको जानकारी दिए ।

सचिव पोखरेलले अस्पतालले सरकारले दिएको पैसाको सही सदुपयोग गरेको भन्दै खुशी आगामी दिनमा पनि अस्पतालले राम्रा काम गरेर देखाउने विश्वास राखेको बाए ।

leave a reply