ADVERTISING

Breaking News

शेयरमा सकारात्मक प्रभाव: नेप्से ५९ दशमलव ८७ अंकले बृद्धि

काठमाडौ । नयाँ सरकार गठन भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज दोस्रो दिनपनि ५९ दशमलव ८७ अंकले बढेको हो । योसँगै शेयर बजार परिसूचक एक हजार नौ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से ५६ अंकले बढेको थियो । आज सबै समूहको शेयर बढेको छ । बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि आज बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज दुई सय दुई कम्पनीको मूल्य बढ्दा ८ को घटेको छ भने २ वटाको स्थिर रहेको छ । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढे । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

leave a reply