ADVERTISING

Breaking News

निर्वाचन सफलतापूर्वक गरेको भन्दै प्रधानमन्त्री देउवाले दिए आयोगलाई धन्यवाद

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिएका छन । आज प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोग प्रमुख आयुक्त र आयुक्तहरूसँग भएको भेटमा तीनै तहको निर्वाचन कुशतलापूर्वक गरेर आयोगले महत्वपुर्ण जिम्मेबारी पूरा गरेको भन्दै प्रशंषा गरेका हुन । जवाफमा आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगले चुनाव सम्पन्न भएको प्रतिक्रिया दिएका छन । प्रतिनिधिसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि निर्वाचन आयोगका पदाधिकारीहरू प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । आयोगले निर्वाचन प्रतिवेदन प्रधानमन्त्री देउवालाई पनि बुझाएको छ । आयोगले आजै उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि निर्वाचन प्रतिवेदन बुझाएको छ ।

leave a reply