ADVERTISING

Breaking News

ज्यापु समुदायको परम्परा र संस्कृति राष्ट्रको गहना: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन । बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताए ।
कांग्रेस नेता प्रकाशमान सिंहले ज्यापू दिवस उपत्यकाको एउटा ठूलो उत्सव भएको भन्दै पूर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई लोप हुन नदिन सजक हुन आग्रह गरे ।
कार्यक्रममा सहभागीहरुले नेवार समुदायको संस्कृतिलाई नेपाललाई विश्वसामू चिनाउने सशक्त माध्यम बनाउनुपर्नेमा जोड दिएका थिए ।

leave a reply