काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज कैलालीको धनगढी जाँदै छन् ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने १६औं संस्करणको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न कांग्रेस सभापतिसमते रहेका देउवा त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री देउवाले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गरेको हो । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।
कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन ।