ADVERTISING

Breaking News

मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार छ: देउवा 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताएका छन । आज नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन । प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । सो क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरे ।
सांसद पौडेलले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै त्यसको वितरण अन्यत्र पनि हुनुपर्ने बताए । ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।

leave a reply