ADVERTISING

Breaking News

प्रतिनिधि सभाका एक सय ६१ स्थानको मतपरिणाम सार्वजनिक

सुनसरी चारको गणना अन्तिम चरणमा

प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब देशका चार वटा क्षेत्रको मतपरिणाम आउनमात्रै बाँकी छ । सुनसरी ४ मा मतगणना जारी रहेकोमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता छ । दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना नै सुरु हुन सकेको छैन । पछिल्लो नतिजासँगै मतगणना सकिएका १ सय ६१ ठाउँमध्ये कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७÷७ ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४ ठाउँमा जितेको छ। नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेको छ । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक÷एक ठाउँमा जितेका छन् । त्यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले पनि चुनाव जितेका छन ।।

leave a reply