नेपाल उद्योग वाणिज्य महासङ्घले चालू पूँजी मागदर्शन २०७९ को कार्यान्वयन दुई बर्ष स्थगन गर्न माग गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र जोगाउनका लागि चालू पूजी मागदर्शन स्थगनको माग गरेको हो । निजी क्षेत्रको लगानी संकुचित भएर राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको महासंघको भनाइ छ । महासंघले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय पहिल्याउन सरकार र केन्द्रीय बैंकलाई आग्रह गर्दै कम्तीमा एक बर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिन पनि माग गरेको छ ।
महासंघले उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्न पनि माग गरेको छ ।
चालू पूँजी मागदर्शन २०७९ को कार्यान्वयन दुई बर्ष स्थगन गर्न महासंघको माग
