ADVERTISING

Breaking News

वाम गठबन्धनको संयुक्त सरकार बन्ने सम्भावना छैन: नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिले नै वाम गठबन्धनको संयुक्त सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले परिणाम जे आए पनि अहिलेलाई पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन । अध्यक्ष नेपालले तत्कालै बाम गठबन्धनको सरकार बन्न सक्ने र बनाउने पक्षमा आफुहरु नरहेको पनि स्पष्ट पारे ।
अध्यक्ष नेपालले .निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताए । अहिलेको अवस्थामा गठबन्धन दलहरुसंगको सहकार्यलाई अघि बढाएरै लानुपर्नेमा समेत जोड दिए ।

leave a reply