ADVERTISING

Breaking News

पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन । भाडा बढाइएको विरोधमा चालकहरुले आज विमानस्थलको आगमन गेट अगाडि प्रदर्शन गरेका छन । विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएफछि सवारी साधन धनीले महँगो शुल्क तिर्नु परेको गुनासो चालकको छ ।
पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले एकैचोटी ८० रुपैयाँ पु¥याइएको छ । एकैपटक साठी रुपैया शुल्क बढाउनु न्यायोचित नभएको आन्दोलनरत चालकको भनाइ छ ।

leave a reply