ADVERTISING

Breaking News

उचित व्यवस्थापन बिना नै महानगरले डोजर लिएर बस्ती भत्काएको भूमि आयोगको आरोप

काठमाडौ । राष्ट्रिय भूमि आयोग काठमाडौंले सुकुम्वासीहरुको उचित व्यवस्थापन बिना नै काठमाडौं महानगरले डोजर लिएर बस्ती भत्काएको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला काठमाडौंका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी अघि बढेको भन्दै असन्तुष्टि जनाएका हुन । सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रुपमा अघि बढेको पाइएको आयोगको भनाइ छ ।
सुकुम्वासीको लागि इचंगुनारायणमा बनाइएको अपार्टमेण्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने आयोगको भनाइ छ । त्यस्तै आन्दोलनरत सुकुम्वासीले गरिबलाई देखाएर सधैँ सरकारले भिख माग्ने काम गरिरहेको तर समस्या समाधान नगरेको आरोप लगाएका छन ।
सुकुम्वासी बस्तीमा मंगलबार पनि बस्ती भत्किने डरले अशान्ति छ । आन्दोलनरत सुकुम्बासीले राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने र आफ्नो व्यवस्थापन गर्नुपर्ने माग राखेका छन ।

leave a reply