ADVERTISING

Breaking News

सुकुम्बासी बस्तीमा डोजर लगाएर सत्ताको उन्माद देखाइयो: ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे यस्तो बताएका हुन्।

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो ररु त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’

सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।

leave a reply