ADVERTISING

Breaking News

सर्वोच्चको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गर्ने दुईजना पक्राउ

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘न्याय चाहियो’ भन्दै रातो रंग फालेर प्रदर्शन गर्ने सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा पाटन उच्च अदालतमा विचाराधिन छ । सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी हुन ।

leave a reply