ADVERTISING

Breaking News

चुनावको परिणामपछि पनि गठबन्धनकै सरकार बन्छ: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले चुनावको परिणामपछि पनि गठबन्धनकै सरकार बन्ने बताएका छन् । आज बिहान रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्ने सहमति भएकाले सोही अनुरुप अघि बढ्ने बताएका हुन ।
उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’

रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए ।

leave a reply