ADVERTISING

Breaking News

प्रतिनिधिसभाका १२१ स्थानको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म प्रतिनिधिसभाको १६५ मध्ये ११९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये कांग्रेसले ४०, एमालेले ३१, माओवादी केन्द्रले १२, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ५, जसपाले तीन, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२, राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले एक–एक स्थानमा विजय हासिल गरेको छ ।

यसैगरी स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा पाँच जना विजयी भएका छन् । मत गणना भइरहेका स्थानमध्ये कांग्रेसले १६ स्थानमा, एमालेले १६ स्थानमा, माओवादी केन्द्रले ६ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा, जनता समाजवादी पार्टीले तीन स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टीले दुई स्थानमा अग्रता लिएको छ ।

leave a reply